+
+

बैंकहरुबीच मुद्दती निक्षेप तान्ने प्रतिस्पर्धा रोक्न नयाँ व्यवस्था

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १९:३९

२८ कात्तिक, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले बोलकबोलबाट मुद्दती निक्षेप नवीकरण गर्दा ०.१ प्रतिशतमात्रै ब्याज बढाउन पाउने भएका छन् ।

नेपाल राष्ट्र बैकले आइतबार एकीकृत निर्देशन संशोधन गर्दै आफैसँग रहेको निक्षेपलाई पूनःबोलकबोल गरी नवीकरण गर्नु परेमा प्रकाशित ब्याजदरमा ०.१ प्रतिशत विन्दूसम्म थप गरी निक्षेप संकलन गर्न सकिने व्यवस्था गरेको हो ।

आफूसँग रहेको निक्षेप अर्को बैंकले तान्ने खतरा देखेमा बैंकहरुले बोलकवोलमा पनि आकर्षक ब्याजदर तोक्ने गरेका थिए । बैंकहरुले धेरै ब्याजदर बढाउने गरेको भन्दै राष्ट्र बैंकले कडाइ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?