+
+

‘बोबी’की हिरोइन कविताको ‘म अनि मेरो’ पुस्तक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते ११:५३

३० कात्तिक, काठमाडौं । चलचित्र ‘बोबी’मा काम गरेर चर्चामा आएकी कलाकार कविता गुरुङले आफ्नो जीवन भोगाइ समेटिएको पुस्तक ‘म अनि मेरो’ सार्वजनिक गरेकी छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पुस्तक सार्वजनिक गरेकी हुन् ।

कविताको यो पुस्तकमा उनले जीवनमा भोगेका आरोह–अवरोह समावेश छन् । कविताले पुस्तकबारे भनिन्, ‘मलाई डिजिटल दुनियाँमा पुस्तक कसले पढ्छ भन्ने सल्लाह पनि धेरैले दिनुभएको थियो । तर, मलाई पुस्तक सार्वजनिक गर्न मन लाग्यो र मैले गरें । लकडाउनको समयमा मैले यो पुस्तक तयार पारेको हुँ ।’

कविताले पुस्तकमा आफूले जीवनमा भेटेका विभिन्न व्यक्तिहरुका बारेमा उल्लेख गरेको बताइन् । ‘पुस्तकमा मैले आफ्ना राम्रा र नराम्रा पक्ष सबै उल्लेख गरेकी छु । केही मानिसहरुसँग मेरो चित्त दुखाइ थियो, त्यो पनि मैले निर्धक्क रुपमा लेखेकी छु,’ उनले भनिन् ।

कविताले आफूलाई स्वार्थी भनेकी छन् । उनले सञ्चारकर्मीहरुसँग भनिन्, ‘म स्वार्थी छु । म आफ्नो मात्र सुन्छु । मैले उमेशसँग बिहे आफूलाई गर्न मन लागेर गरें । तर उसको आवाज मैले सुनिन कि ? आज आएर सोच्दा मलाई लाग्यो कि, म निक्कै नै स्वार्थी रहेछु ।’

उनले आफू एउटा राम्री श्रीमती, राम्री बुहारी बन्न नसकेपनि असल आमा बन्ने कोशिशमा रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?