३० कात्तिक, काठमाडौं। इन्दु बर्माले अर्धशतक प्रहार गरेपछि पहिलो टी-२० खेलमा नेपाली महिला क्रिकेट टिमले कतारलाई १४७ रनको लक्ष्य दिएको छ ।
पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ४ विकेट गुमाएर १४६ रन बनाएको हो । दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा इन्दुले ५५ रन बनाएर रिटायर्ड हर्ट भइन् ।
इन्दुको अर्धशतक नेपालले महिला टी-२० अन्तर्राष्ट्रियमा प्रहार गरेको पहिलो अर्धशतक हो । तेस्रो नम्बरमा ब्याटिङ गरेकी इन्दुले ४५ बल खेल्दै ४ चौकाको मद्दतमा ५० रन बनाएकी थिइन् । ४७ बल खेलेकी उनले कुल ५ चौका प्रहार गरिन् ।
यस्तै ओपनर सीता राना मगरले ३३ बल खेल्दै ५ चौका मद्दतमा ३९ रन जोडिन् । ओपनर काजल श्रेष्ठ ३ रनमै आउट भएपनि इन्दु र सीता राना मगरले दोस्रो विकेटका लागि ८८ रनको साझेदारी गरे । जुन नेपालको लागि कीर्तिमानी साझेदारी गरे ।
यसअघि सीता र इन्दुले २०१९ मा इन्डोनेसियाविरुद्ध दोस्रो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए ।
नेपालका लागि सरिता मगरले २१ बलमा २१ रन जोडिन् । कप्तान रुबिना क्षेत्री खाता नखोली रनआउट भइन् । कविता कुँवर ८ रनमा अविजित रहिन् ।
कविता जोशी र संगीता राईले यसै खेलमार्फत टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरे ।
प्रतिक्रिया 4