+
+

श्रीनगरमा भारतीय प्रहरीको कारबाहीमा दुई व्यापारीसहित ४ जना मारिए

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १९:१२

३० कात्तिक, काठमाडौं । भारतीय प्रहरीले जम्मू-कश्मीरमा गरेको प्रति-आतंकवादी कारबाहीमा ४ जना मारिएका छन् ।

जम्मू-कश्मीरको श्रीनगरमा सोमबार राति प्रहरीले गरेको कारबाहीमा ४ जना मारिएको भारतीय समाचार माध्यमले जनाएका हुन् । मारिनेमा २ जना व्यापारी समेत रहेका छन् ।

प्रहरीले सुरक्षा कारबाहीका क्रममा सोमबार राति हाइडरपोरास्थित एक व्यापारिक कम्प्लेक्समा छापा मारेको थियो । सोही क्रममा व्यापारिक कम्प्लेक्समा व्यापार गर्दै आएका डा. मुदासीर गुल र अलताफ भात मारिएको समाचारमा उल्लेख छ ।

प्रहरीका अनुसार सुरक्षा कारबाहीमा २ जना आतंकवादी समेत मारिएका छन् । मारिने दुबै जना व्यापारी आतंकवादीलाई समर्थन गर्ने व्यक्ति भएको समेत प्रहरीको भनाइ छ ।

डेन्टल तालिम समेत लिएका गुलले छापा मारिएको व्यापारिक कम्पलेक्समा एक कम्प्युटर सेन्टर चलाउँदै आएका थिए । भाट उक्त कम्प्लेक्सका मालिक हुन् र त्यहाँ उनको एउटा हार्डवेयर र सिमेन्ट पसल थियो ।

दुबै जनाका आफन्तले प्रहरीद्वारा गुल र भाटको हत्या भएको बताएका छन् । तर प्रहरीले भने दोहोरो भिडन्तमा परी उनीहरूको मृत्यु भएको दाबी गरेको छ ।

आफन्तले अन्तिम संस्कारका लागि गुल र भाटको शब दिन प्रहरीलाई भनेका थिए । तर प्रहरीले सुरक्षा अवस्था देखाउँदै शब नबुझाइकनै उत्तरी कश्मीरको हान्डवाडा क्षेत्रमा शब गाडेको थियो । एनडीटीभीबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?