+
+

कैलालीका ३ स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन, १० वटामा आज निर्वाचन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते ९:०१

१ मंसिर, धनगढी । नेपाली कांग्रेस कैलालीले तीनवटा स्थानीय तहमाअधिवेशन सम्पन्न गरेको छ । प्रचारप्रसार समितिका संयोजक नृपबहादुर सुनारकाअनुसार कैलारी गाउँपालिका, मोहन्यालगाउँपालिका र बर्दगोरिया गाउँपालिकामाअधिवेशन सम्पन्न भएको छ ।

मोहन्याल गाउँपालिकामा प्रेमबहादुर बुच्चामगरलाई पराजित गर्दै सभापतिमा कमल साउद  प्यानलसहित निर्वाचित भएको सुनारले जानकारी दिए । उनकाअनुसार बर्दगोरिया गाउँपालिकामा प्रतिद्वन्द्वी महेन्द्र शाहलाई पराजित गर्दै कृष्ण बिष्ट प्यानलसहित सभापतिमा निर्वाचित भएका छन् ।

कैलारी गाउँपालिकामाअहिलेकै सभापति कृष्णबहादुर चौधरी दोहोरिएका छन् । चौधरीको नेतृत्वमा सर्वसम्मतिबाट गाउँ समिति चयन गरिएको बताउँदै सुनारले निर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गर्न बाँकी रहेको जनाए ।

मंगलबार स्थगित भएका चारसहितअन्य १० स्थानीयतहमा बुुधबार अधिवेशन हुुँदैछ । धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका र भजनी नगरपालिकामा आज बुधबार अधिवेशन उद्घाटन हुुँदैछ भने गोदावरी नगरपालिका, टीकापुर नगरपालिका, लम्कीचुुहा नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र चुुरे गाउँपालिकामा बन्द सत्र चलिरहेको छ । यी स्थानीय तहमा सहमतिको प्रयास भइरहेको कांग्रेसले जनाएको छ । सहमति हुन नसकेमा दिउँसो निर्वाचन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?