१ मंसिर, जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक-दुई दिनभित्रै अदालतमा देखिएको विवाद समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
अदालतमा देखापरेका समस्याबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै दाहालले यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने अपेक्षा राखेको बताए ।
महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन आउने क्रममा बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग छोटो कुराकानी गर्दै उनले अदालतको समस्या समाधानका निम्ति सबै पक्षले आ-आफ्नो ठाउँबाट पहल गर्ने आशा व्यक्त गरे ।
‘हामी अदालतबाटै एक-दुई दिनभित्र समस्या समाधान होस् भन्ने चाहेका छौं’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4