+
+

दाङमा डोजर पल्टिंदा चालकको मृत्यु   

रासस रासस
२०७८ मंसिर २ गते ८:५५

२ मंसिर, बुटवल । दाङमा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बंगलाचुली गाउँपालिका-५ मा सडक मर्मतको क्रममा जेसीबी दुर्घटना हुँदा अपरेटर (चालक) घोराही-१० नारायणपुरका २२ वर्षीय सुनिल बिकको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले दिएको जानकारी अनुसार पर्यटकीयस्थल बंगलाचुली टावर जाने सडक मर्मतको क्रममा आज बिहान साढे चार बजेतिर रा१क ९१४ नम्बरको जेसीबी दुर्घटनामा परेको हो ।

दुर्घटनामा सहचालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएका छन् । घुम्तीमा माटोमा भासिएर जेसीबी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?