+
+

रेबिज विरूद्धकाे इम्युनाेग्लाेबुलिन सेवा सातै प्रदेशमा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १४:२१

२ मंसिर, काठमाडौं । सरकारले रेबिजविरूद्ध लगाइने इम्युनाेग्लाेबुलिन एण्टीबडी सातै प्रदेशमा विस्तार गरेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विराेध खतिवडाले मन्त्रालयमा बिहीबार आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै इम्युनाेग्लाेबुलिन सेवा सातै प्रदेशमा विस्तार गरेकाे जानकारी दिए । “मंसिरकाे पहिलाे साताबाट सात प्रदेशका ९ अस्पतालमा याे सेवा विस्तार गरेका छाैं, पछि आवश्यकता अनुसार अरू अस्पतालमा पनि थप्छाैं” उनले भने ।

यसअघि इम्युनाेग्लाेबुलिन सेवा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा राेग अस्पतालमा मात्र थियाे । जसमा कारण उपत्यका बाहिर रहेका बिरामी सेवा लिन छुट्थे । याे बाध्यता अन्त्य गर्न नियमित कार्यक्रम मार्फत सेवा विस्तार गरिएकाे मन्त्री खतिवडाले बताए ।

ईपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाका अनुसार नेपालमा वार्षिक १ सय जना रेबिज भएका बिरामी अस्पताल पुग्छन् । जसमध्ये १० देखि २० जनाकाे वार्षिक मृत्यु हुने गरेकाे छ ।

ईपिडिमियाेलाेजी तथा राेग नियन्त्रण  महाशाखाका निर्देशक डाक्टर कृष्ण पाैडेलका अनुसार रेबिजबाट हुने मृत्यु जाेगाउनका लागि इम्युनाेग्लाेबुलिन एण्टीबडी दिइन्छ । यसलाई  विश्व स्वास्थ्य संगठनले अति आवश्यक औषधिकाे सूचीमा राखेकाे छ।

सरकारले २०३० सम्ममा रेबिजबाट हुने म‌ृत्युलाई शून्यमा झार्ने लक्ष्य लिएकाे छ । उक्त लक्ष्य पूरा गर्नकाे लागि पनि इम्युनाेग्लाेबुलिन दिनु परेकाे डा‍. पाैडेलले बताए । डा. पाैडेलका अनुसार काठमाडौंमा १ लाखभन्दा बढी कुकुर रहेका छन् । साेही कारण कुकुरले टाेकेर अस्पताल आउने मानिसहरकाे संख्या बढ्दाे छ ।

विश्व स्वास्थ्य संगठनले रेबिज विरूद्ध कुनैपनि खाेप नलगाएकाे र कुकुरले टाेक्दा गहिराे घाउ भएकाहरूलाई इम्युनाेग्लाेबुलिन दिने निर्देशिका बनाएकाे छ । याे रेबिजविरूद्वकाे एण्टीबडी हाे । याे जीवनमा एक पटक मात्रै दिइन्छ ।

हेर्नुहोस् इम्युनोग्लोबुलिन सेवा प्रदान गर्ने अस्पतालहरुको सूचीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?