+
+

पौडेल समूहका सभापतिका आकांक्षीबीच छलफल हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ४ गते १६:३९

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा रामचन्द्र पौडेल समूहबाट सभापतिमा उम्मेदवारी दिने आकांक्षा राखेका नेताहरुबीच शनिबार छलफल हुँदैछ ।

सभापतिमा उम्मेदवारी दिने तयारी गरेका नेताहरु पौडेल, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच शनिबार साँझ शशांक निवासमा भेट गर्ने तय भएको एक नेताले बताए ।

सभापति पदका अर्का आकांक्षी केन्द्रीय सदस्य शेखर कोइराला भने काठमाडौं बाहिर भएकाले उक्त छलफलमा सहभागी नहुने शशांक निकट एक नेताले बताए । ती नेताका अनुसार छलफलमा पौडेल समूहको साझा उम्मेदवार छान्ने विषयमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?