४ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुले माल्दिभ्सको लिग खेल्ने भएका छन् ।
माल्दिभ्सको शीर्ष डिभिजनको लिग माजिया स्पोर्टस् एण्ड रिक्रिएसन क्लबबाट नयाँ सिजनको लिग खेल्न किरण माल्दिभ्स पुगिसकेका छन् । माजियाले शनिबार किरणलाई आफ्नो खेलाडीको रुपमा चिनाएको हो ।
शुक्रबारदेखि नेपालको शहीद स्मारक ए डिभिजन लिग सुरु भएपनि किरण शुक्रबारै माल्दिभ्स गएका थिए । किरणले यसअघि पनि माल्दिभ्सकै टिसी स्पोर्ट्सबाट खेल्दै उपाधि जितेका थिए साथै उत्कृष्ट गोलरक्षक घोषित भएका थिए ।
गत सिजन किरणले भारतीय आई लिग क्लब राउन्ड ग्लास पन्जाबबाट खेलेका थिए । राउण्ड ग्लास पञ्जाबसंग सम्झौता सकिएपछि किरण माल्दिभ्सको क्लब गएका हुन् । किरणले नेपाल, भारत र माल्दिभ्समा लिग जित्ने खेलाडी हुन् ।
प्रतिक्रिया 4