+

ए डिभिजन लिग : दिनेशको दुई गोलमा ब्रिगेडको विजयी सुरुवात

२०७८ मंसिर  ५ गते १७:३२ २०७८ मंसिर ५ गते १७:३२
ए डिभिजन लिग : दिनेशको दुई गोलमा ब्रिगेडको विजयी सुरुवात

५ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबले आइतबार नेपाल एपीएफ क्लबलाई ३-२ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । प्रतिस्पर्धात्मक खेलको ईन्जुरी टाईममा गोल गर्दै ब्रिगेडले ३ अंक जोडेको हो।

ब्रिगेडकइ जितमा दिनेश राईले दुई तथा सुरज गुरुङलेएकगोल गरे । एपीएफका आशिष लामा र बिके तामाङले गोल फर्काए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलको ११औं मिनेटमै दिनेश राईले गोल गर्दै ब्रिगेड लाई अग्रता दिलाएका थिए । उनले करीब ३५ यार्ड टाढाबाट फ्रिकिकमा गोल गरेका हुन् ।

तर त्यो अग्रता लामो समय टिकेन ।१७ औं मिनेटमा आशिष लामाले एपीएफका लागि बराबरी गोल फर्काए ।गोलकिपर राजु याेगिले रिलिज गरेको बलमा आवास लामिछानेले दिएको पासमा आशिषले गोल गरेका हुन् ।

४४ औं मिनेटमा ब्रिगेडका रोसन राना मगरको प्रहार पोष्टमा लागेर फर्किएको थियो । दोस्रो सुरुमा एपीएफले अग्रता लिने अवसर गुमायो। ४९औं मिनेटमा एपीएफमा आशिष लामाले सिक्स यार्ड बाहिरबाट हानेको भलि प्रहार बारमा लागेर फर्किएको थियो।

५३औ मिनेटमा आशिषकै प्रहार पोष्ट नजिकबाट बाहिरियो। ५५औं मिनेटमा दिनेश राईको प्रहार पोष्ट बाहिर गयो।

६५औं मिनेटमा दिनेश राईले ड्याड्डी जुनियरको पासमा व्यक्तिगत दोस्रोगोल गर्दै ब्रिगेडलाई २-१ को अग्रता दिलाए । तर एपीएफले फेरि बराबरी गोल फर्कायो । ७७ औं मिनेटमा वैकल्पिक खेलाडी रवि थिङको पासमा बिके तामाङले बराबरीगोल फर्काए ।

ईन्जुरी टाईममा वैकल्पिक खेलाडी सुरज गुरुङले भुवन बस्नेतको पासमा गोल गर्दै ब्रिगेडलाई जित दिलाए ।

३ अंकले राहत

जितपछि ब्रिगेडका प्रशिक्षक सनोज श्रेष्ठले खेल प्रतिस्पर्धात्मक भएको र ३ अंकले राहत पुगेको बताए । ‘आज हाम्रो पहिलो खेल थियो । कडा प्रतिस्पर्धा भयो । पहिलो खेलमा जित महत्वपूर्ण थियो । रिजल्ट हाम्रो पक्षमा आयो र ३ अंक पायौं । राहत महसुस भएको छ ।’

श्रेष्ठले पहिलो गोल फ्रिकिकमा भएपनि दोस्रो र तेस्रो गोल विपक्षीको मिस्टेक भन्दा पनि कम्बिनेसन प्लेमैगोल गरेको बताए । साथै म्यान मार्किङ कमजोर हुँदा दुई गोल बेहोरेको त्यसमा सुधार गर्ने बताए ।

योजना सफल भएन

प्रशिक्षकको रुपमा ए डिभिजनमा डेब्यू गरेका एपीएफका प्रशिक्षक कुमार थापाले बल होल्ड गर्न नसक्दा योजना अनुसार खेल्न नसकेको बताए । ‘हामीले बनाएको योजना अनुसार भएन ।’

‘बल होल्ड भएन फस्ट हाफमा। गोल नखानुपर्ने भयो।’ थापाले भने, ‘हाम्रो आशिषलेगोल हुनुपर्ने पोलमा लाग्यो। त्याो गोल भएको भाको भए लिड गर्न सक्थ्यो ।’

थापाले लास्ट सिजन ब्रिगेडसँग ड्र खेलेको तर ब्रिगेडले यस सिजन सुधार गरेको बताए । ए डिभिजन लिगमा डेब्यू गरेका आवास लामिछाने र सनिस श्रेष्ठले राम्राे खेलेको थापाले बताए। आवास स्पेनको मड्रिडमा एकेडेमीमा ट्रेनिङ गरेको खेलाडी भएको बताए ।

प्रशिक्षक कुमारको डेब्यू

एपीएफका प्रशिक्षक कुमार थापाले ए डिभिजन लिगमा प्रशिक्षकको रुपमा डेब्यु गरे । मनाङ मर्स्याङदी क्लब र एपीएफबाट लिग खृलेका कुमार सफल खेलाडी थिए ।

तर लिगमा प्रशिक्षकको रुपमा पुनरागमन गरेका कुमारको सुरुवात भने राम्रो हुन सकेन । कुमारले खेलाडी जीवनमा मनाङबाट ३ पटक लिग जितेका थिए
उनले पछिल्लो पटक राष्ट्रिय महिला टिमको प्रशिक्षण सम्हालेका थिए ।

ए डिभिजन लिग ब्रिगेड ब्वाइज क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय