+
+

कर्मचारीतन्त्रका कारण हाइपरसोनिक हतियारमा चीन र रुसभन्दा पछि पर्‍यौं : अमेरिकी जनरल

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते १८:१६

५ मंसिर, काठमाडौं । अमेरिकाका एक वरिष्ठ सैनिक अधिकारीले हाइपरसोनिक हतियारमा आफ्नो मुलुक चीन र रुसभन्दा पछि पर्नुको कारण खुलाएका छन् ।

अन्तरिक्ष अपरेशनका उप-प्रमुख जनरल डेभिड थोमसनले शनिबार हालिफ्याक्स इन्टरनेशनल सेक्युरिटी फोरममा बोल्दै हाइपरसोनिक हतियारमा चीन र रुसभन्दा अमेरिका पछि पर्नुको कारण बताएका हुन् । कर्मचारीतन्त्र र खर्चसम्बन्धी चिन्ता जस्ता कारणले अमेरिका पछि परेको उनको भनाइ थियो ।

‘हाइपरसोनिक कार्यक्रमको हकमा हामीहरू चिनियाँ र रुसी जत्तिकै अत्याधुनिक छैनौं’, थोमसनले भने, ‘तर चाँडै नै उनीहरूलाई भेट्टाउने छौं ।’ अमेरिकाले थप जोखिम बहन गर्न सक्ने हो भने आफूहरूले प्रगति गर्ने उनको तर्क थियो ।

थोमसनले जीपीएस, सञ्चार तथा सेटलाइट जस्ता प्रविधिलाई हेर्ने हो भने अन्तरिक्षमा समेत चीनले तीव्र प्रगति गरेको पनि बताए । हालको गतिले निरन्तरता पाए चीनले केही वर्षभित्रै अमेरिकालाई उछिन्ने उनको भनाइ थियो ।

‘उनीहरू बराबर अवस्थामा आइपुग्न थालेका छन्’, उनले भने, ‘यदि उनीहरू यही गतिमा अघि बढे भने आगामी केही वर्षभित्रै हामीलाई उछिन्ने छन् ।’

ध्वनिको भन्दा ५ गुणा बढी गति हुने हाइपरसोनिक क्षेप्यास्त्रलाई निकै अत्याधुनिक हतियार मानिन्छ । तीव्र गतिका कारण ट्र्याकिङ गर्न तथा रोक्न नसकिने हुँदा र बीचैमा दिशा परिवर्तन गर्न सक्ने भएकाले हाइपरसोनिक क्षेप्यास्त्र निकै अत्याधुनिक हतियार मानिएको हो ।

गत महिना रुसले पनडुब्बीबाट प्रहार गर्न सकिने हाइपरसोनिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको थियो । त्यस्तै, चीनले समेत अगस्टमा आणविकयुक्त हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको द फाइनान्सिअल टाइम्सले लेखेको थियो । तर उक्त समाचार गलत भएको भन्दै बेइजिङले खण्डन गरेको थियो ।

केही समयअघि अमेरिकाले समेत हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको तर पछिल्लो परीक्षण असफल भएको पेन्टागनले बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?