+
+

एमाले स्थायी कमिटी बैठक भोलि ११ बजेलाई सारियो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १५:२०
एमाले स्थायी कमिटी बैठकको फाइल तस्वीर ।

६ मंसिर, काठमाडौं । सोमबार बोलाइएको नेकपा एमालेको स्थायी कमिटीको बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बैठक मंगलबार विहान ११ बजेका लागि सारिएको जानकारी दिए ।

यसअघि सोमबार दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको थियो ।

बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषय पनि बैठकको एजेण्डा रहेको उनले जानकारी दिए ।

निर्वाचित भएर आएकाबाहेक पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ ।

यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा आयोजना हुने एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा २ हजार बढी प्रतिनिधिहरू सहभागी हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?