७ मंसिर, काठमाडौं । काठमाडौंबाट रुकुमको सल्ले विमानस्थलमा उडेको नेपाल एयरलाइन्स (नेवानि) को टि्वनअर्टर जहाज आइतबार साँझ नेपालगञ्जमै अवतरण भयो ।
विमानमा कुनै खराबीले अवतरणको समस्या भएर भने यो विमान नेपालगञ्जमा अवतरण गरिएको होइन । विमान चलाइरहेका पाइलटको ड्युटी आवर सकिएका कारण सल्ले पुग्नुपर्ने विमान नेपालगञ्जमै अवतरण गरिएको हो ।
नेवानिका एक अधिकारीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले पाइलटका लागि एक दिनमा १० घण्टा वा १० पटकको ल्यान्डिङसम्म उडान गर्न पाउने भनेर निश्चित समयावधि तोकेको छ । त्यही कारण सल्ले उडेको जहाजले नेपालगञ्जमा अवतरण गर्नु परेको ती अधिकारीले दाबी गरे ।
नेपाल एयरलाइन्सका अनुसार सोमबार विहान यात्रुहरुलाई त्यही विमानले सल्ले पुर्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4