+
+

सम्पादकसँग केपी ओली, स्थायी कमिटी बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १४:२०

७ मंसिर, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो साढे तीन बजे बस्ने गरी स्थगित भएको छ ।

अध्यक्ष केपी शर्मा ओली बानेश्वरमा सञ्चार माध्यमका सम्पादकहरुसँगको भेटघाट कार्यक्रममा जाने भएपछि बैठक स्थगित भएको छ ।

मंगलबार साढे ११ बजे बसेको बैठक केहीबेरमै स्थगित भएको थियो । १० औं महाधिवेशनको तयारीबारे रिपोर्टिङ सकिएपछि बैठक स्थगित भएको छ । महाधिवेशनको तयारीबारे मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले रिपोर्टिङ गरेका थिए ।

दिउँसो साढे ३ बजे बस्ने बैठकमा विभिन्न क्षेत्रबाट चयन भएका महाधिवेशन प्रतिनिधिहरुको अवस्था, केन्द्रीय कमिटीबाट मनोनित हुने प्रतिनिधि सिफारिस, महाधिवेशन सञ्चालन तालिका र निर्वाचन प्रक्रियाबारे छलफल हुने कार्यसूची रहेको सचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?