७ मंसिर, काठमाडौं । विश्वविद्यालयमा सबैभन्दा बढी व्यवस्थापन विषयमा अध्ययनरत रहेका छन् । कुल विद्यार्थीमध्ये ४३.४३ प्रतिशत विद्यार्थी व्यवस्थापन विषयमा अध्ययनरत रहेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ ।
आयोगको २८औं बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा आयोगका सचिव शंकरप्रसाद भण्डारीले प्रस्तुत गरेको आयोगको प्रगति विवरणमा व्यवस्थापन विषयमा सबैभन्दा बढी र अन्य विषयहरुमा कम विद्यार्थी भएको उल्लेख गरिएको छ ।
प्रगति विवरण अनुसार शिक्षामा १९.०९ प्रतिशत र मानविकीमा र १२.६१ प्रतिशत विद्यार्थी भर्ना रहेको आयोगले जनाएको छ ।
यस्तै विज्ञान तथा प्रविधिमा ८ प्रतिशत इन्जिनियरिङमा ६.३८ प्रतिशत, स्वास्थ्य विज्ञानमा ५.९५ प्रतिशत र अन्य विषय (संस्कृत, कृषि तथा वन, आर्युवेद, बुद्धिज्म र कानून आदि) विषयमा ४.५४ प्रतिशत विद्यार्थी भर्ना भएका छन् ।
प्रतिक्रिया 4