+
+

महाधिवेशनका लागि एमालेले बनायो ११ सदस्यीय अध्यक्ष मण्डल

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १८:१४

७ मंसिर, काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाएको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेको अध्यक्ष मण्डल बनाएको हो ।

महाधिवेशनबाट नयाँ नेतृत्व छनोट गर्नुअघि बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन गरिएको हो ।

अध्यक्षमण्डलले गरेको निर्णय लेख्न माइन्युट कमिटी पनि बनाइएको छ । जसमा पृथ्वी सुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?