+
+

द ब्रिटिस कलेजको सातौं दीक्षान्त समारोह सम्पन्न, ४१९ जना विद्यार्थी दीक्षित 

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १९:१३

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) को सातौं दीक्षान्त समारोह सम्पन्न भएको छ । हायात रिजेन्सी होटलमा आयोजित कार्यक्रममा ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीमा लिड्स बेकेट युनिभर्सिटी (एलबीयू) तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (यूडब्लुई)को सम्बन्धनमा अध्यायनरत ४१९ जना विद्यार्थीहरु दीक्षित भएको कलेजले जनाएको छ । दीक्षित हुनेमा स्नातक तह र स्नातोकोत्तर तहका विद्यार्थीहरु हुन् ।

दीक्षान्त समरोहलाई कलेजका सल्लाहकारहरु जोन एडवर्ड होलिस्टर मोन्टागु, माइकल रुटल्याण्ड, प्रोफेसर फर्गस लियोन लगायतले भर्चुअल्ली रुपमा सम्बोधन गरेका थिए । कलेजका सल्लाहकार डा. अर्जुन कार्की भने भोतिक रुपमै कार्यक्रममा सहभागी भएका थिए ।

त्यस्तै युनिभर्सिटी अफ वेस्ट अफ इंग्ल्याण्डका भाइस चान्सलर तथा अध्यक्ष स्टीभ वेस्ट– सीबीई, लिड्स बेकेट युनिभर्सिटीका प्रोफेसर तथा प्रो भाइस चान्सलर जिन किए, ब्रिटिस कलेजका एक्जिक्यूटिभ प्रिन्सिपल डा. मेरी बिशपले दीक्षित विद्यार्थीहरुलाई बधाइ दिएका थिए ।

कलेजका कार्यकारी निर्देशक तथा संस्थापक राजन कँडेलले कोरोनाको महामारीको समयमा पनि विद्यार्थीहरुले उत्कृष्ट नतिजा हाँसिल गरेको भन्दै सबैलाई बधाइ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?