+
+

एमाले महाधिवेशन : ११ गते उम्मेदवारी दर्ता, १२ गते मतदान

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते २०:२६

७ मंसिर, काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनमा ११ गते उम्मेदवारी दर्ता र १२ गते मतदान हुने भएको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकमा निर्वाचन कमिटीका अध्यक्ष डा. विजय सुब्बाले निर्वाचन कार्यतालिका पेश गरेका हुन् । प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईका अनुसार ११ गते उम्मेदवारी दर्ता, फिर्ता लगायतका प्रक्रिया पूरा हुनेछ । ‘१२ गते विहान ८ बजे नै मतदान सुरु हुनेछ,’ उनले भने ।

एमाले महाधिवेशनको उद्घाटन १० गते चितवनको नारायणी नदी किनारमा हुनेछ । त्यही दिन साँझ केन्द्रीय कमिटीको बैठक बस्ने सचिव भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?