+
+

एमाले महाधिवेशनका लागि चितवनमा ४६ स्वागतद्वार बनाइने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १४:३४

८ मंसिर, चितवन । एमालेको चितवनमा हुने १० औं महाधिवेशनका लागि जिल्लाका विभिन्न ठाउँमा स्वागतद्वार बनाइएको छ । महाधिवेशन प्रचार सहयोग समितिका संयोजक विजय सुवेदीका अनुसार कम्तीमा पनि ४६ वटा स्वागतद्वार बनाउने योजना छ ।

पूर्वपश्चिम राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्डका मुख्य क्षेत्रमा स्वागतद्वार निर्माण गरिएका छन् ।

उनका अनुसार काठमाडौंबाट चितवन भित्रिने सीमाना मौवा खोला, पोखरालगायतका ठाउँबाट चितवन भित्रिने मुग्लिन, पश्चिम नेपालबाट चितवन भित्रिने पुल्चोक र पूर्वी नेपालबाट चितवन भित्रने सिमाना लोथरमा स्वागतद्वार निर्माण गरिएको छ ।

पूर्वी चितवनको टाँडीबाट एमाले महाधिवेशन बन्दसत्र हुने सौराहासम्म १८ वटा गेट तयार गरिएको छ । स्वागतद्वार एमालेका विभिन्न भातृ संगठनहरुले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?