+
+

यू-१९ राष्ट्रिय क्रिकेटमा बागमतीको पहिलो जित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते २०:०८

८ मंसिर, काठमाडौं । बागमती प्रदेशले वाईवाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

पहिलो खेलमा प्रदेश १ संग पराजित भएको बागमतीले बुधबार भएको खेलमा गण्डकी प्रदेशलाई ७५ रनले पराजित गरेको हो ।

गण्डकीको भने यो लगातार दोस्रो हार हो । गण्डकी पहिलो खेलमा लुम्बिनीसंग पराजित भएको थियो ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बागमतीले दिएको २१४ रनको लक्ष्य पछ्याएको गण्डकीले ४३.३ ओभरमा सबै विकेट गुमाएर १३८ रनमा अलआउट भयो ।

गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ५५ रन जोडे । उनले ९४ बल खेल्दा ६ चौका र १ छक्का प्रहार गरे । बलिङमा बागमतीका कप्तान प्रतिस जिसी र तिलक बहादुर भण्डारीले ३–३ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ४८.५ ओभरमा सबै विकेट गुमाएर २१३ रन जोडेको थियो ।

बागमतीका लागि विवेक राना मगरले १११ बल खेल्दै ११ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ८९ रन बनाए । प्रतिश जिसीले २२ तथा प्रतिक श्रेष्ठले १७ रन जोडे ।

गण्डकीका सुदीप अर्याल, कमल परियार र अभिषेक थापाले ३-३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?