+
+

ओखलढुंगा कांग्रेस सभापतिमा संस्थापन समूहका तेजेन्द्र खनाल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते ८:५२

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको ओखलढुंगा जिल्ला सभापतिमा तेजेन्द्र खनाल विजयी भएका छन् । उनी संस्थापन समूहनिकट हुन् ।

कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बुधबार भएको जिल्ला अधिवेशनबाट खनाल सभापतिमा विजयी भएका हुन् । जिल्ला अधिवेशनमा १३५३ मत खसेकोमा सभापतिमा विजयी खनालले ७०१ मत पाए भने सभापतिका अर्का प्रत्यासी बालकृण दाहालले ६१२ मत पाएको निर्वाचन समितिले जनाएको छ । दाहाल वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका उम्मेदवार बनेका थिए ।

त्यस्तै उपसभापतिमा कमल तामाङ र नवरजा केसी विजयी भएका छन् । दाहाल समूहबाट उपसभापति उम्मेदवार बनेका तामाङले ७८२ मत पाए भने खनाल समूहका केसीले ६५५ मत पाएका हुन् ।

दुई सचिव पदमा खनाल समूहकै अजय लुईटेल र राजकुमार ढुंगाना विजयी भएका छन् । लुईटेलले ७२१ मत पाएका छन् भने ढुंगानाले ६८२ मत पाएको निर्वाचन समितिले जनाएको छ । सहसचिवमा उज्जन बुढाथोकी र भोजकुमार श्रेष्ठ निर्वाचित भएका छन् । बुढाथोकीले ७१७ मत पाए भने श्रेष्ठले ६६५ मत पाएका छन् । सहसचिवमा निर्वाचित बुढाथोकी दाहाल समूहका हुन् ।

कांग्रेसको मंसिर २४-२६ सम्म हुने केन्द्रीय महाधिवेशनका लागि यतिबेला धमाधम जिल्ला अधिवेशन भइरहेका छन् । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । दुई वा दुई भन्दा बढि संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर १० गते अधिवेशनको मिति तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?