१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको झापा जिल्ला सभापतिमा देउकुमार थेवे निर्वाचित भएका छन् ।
आइतबार सार्वजनिक मतगणनाको नतिजाअनुसार थेवेल १७६५ मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी रामबहादुर कट्टेलले १५१५ मत ल्याए ।
उपसभापतिमा केशवराज पाण्डे र शेरबहादुर भट्टराई निर्वाचित भएका छन् । सचिवमा नवीन विमली र कृष्ण हुमागाईं निर्वाचित भएका छन् ।
त्यस्तै उपसचिवमा कालेन्द्रप्रसाद राजवंशी र कमलप्रसाद भण्डारी निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4