+
+

इच्छाराज तामाङविरुद्ध एक हजार ४९९ जनाको जाहेरी, साढे ५ अर्ब बिगो दाबी

सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ्सका अध्यक्ष इच्छाराज तामाङविरुद्ध एक हजार ४९९ जना पीडितले किटानी जाहेरी दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १४:०५

१३ मंसिर, काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ्सका अध्यक्ष इच्छाराज तामाङविरुद्ध एक हजार ४९९ जना पीडितले किटानी जाहेरी दिएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पुगेर तामाङबाट ठगिएको भन्दै ठूलो संख्यामा निक्षेपकर्ताले उजुरी दिएका हुन् ।

ब्यूरोले शुक्रबार ठगीमार्फत संगठित अपराध गरेको भन्दै सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझाइसकेपछि पनि थप केहीको जाहेरी आउँदा जाहेरवालाको संख्या एक हजार ४९९ पुगेको हो ।

ब्यूरोका निर्देशक धिरजप्रताप सिंह भन्छन्, ‘शुक्रबार रायसहितको प्रतिवेदन बुझाइसकेपछि पनि जोहरी आउने क्रम जारी छ, थप व्यक्तिहरुको पनि जाहेरी आउनसक्छ । हामी त्यसैमा थप गरिदिन्छौं ।’

पूर्वसांसद समेत रहेका तामाङसहित १३ जनालाई बचतकर्ताको रकम हिनामिना गरेको अभियोगमा सीआईबीले १८ असोजमा पक्राउ  गरेको थियो ।

प्रहरीले ५७ दिन लामो अनुसन्धान गरेर ५ अर्ब ६७ करोड बिगो माग दाबीसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा बुझाएको थियो । अनुसन्धानपछि प्रहरीले तामाङलाई ठगी गरेर संगठित अपराध गरेको कसूरमा मुद्दा चलाउन माग गरेको छ ।

यदि अभियोग पुष्टि भए तामाङलाई ठगी र संगठित अपराधमा साढे ४ देखि १० वर्षसम्म जेल सजाय हुनसक्छ । साथै, ३० देखि ७० हजार रुपैयाँसम्म जरिवाना र विगो बराबर असूल गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?