+
+

सीपी मैनालीमाथि प्रचण्डको व्यंग्य : राप्रपाको अध्यक्ष हुन लागेको भए बधाई छ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते १३:५६

१५ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा मालेका महासचिव सीपी मैनाली राप्रपाको अध्यक्ष हुने तयारी गरेको भन्दै व्यंग्य गरेका छन् ।

राजतन्त्र सिध्याउनुपर्छ भनेर टाउको काट्ने (झापा बिद्रोह) सुरुवात गरेका मैनानलीले महेन्द्रलाई महान राजा भनेको सुन्दा अनौठो लागेको प्रचण्डले बताए ।

राप्रपाको महाधिवेशन उद्घाटन शत्रमा शुभकामना मन्तव्य दिएका प्रचण्डले मैनालीलाई व्यंग्य गरे, मलाई त लाग्यो, उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुन्छ क्यारे । साँच्चै त्यसो हो भने सीपीजीलाई बधाई छ ।’

आफूले त्यस्तो गर्न नसक्ने भन्दै उनले राप्रपासँग आफ्नो मत नमिल्ने बताए । आफू गणतन्त्रवादी, धर्म निरपेक्षतावादी भएको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, त म पनि तपाईंहरु जस्तै राष्ट्रवादी ।’

‘राष्ट्रवादको व्याख्या गर्दा दुईटा आधारभूत कुरा छन् । एउटा, राष्ट्रवाद भन्ने वित्तिकै हिजो भएका सकारात्मक र गौरवपूर्ण कुराहरुलाई आधार बनाएर अहिले पनि इतिहासतिर फर्किन खोज्ने, अर्को सम्पूर्ण जनतालाई राष्ट्रवादको आधार मान्दै जनतातिर नै फर्किन खोज्ने राष्ट्रवाद ।’

ईतिहासप्रति गर्व गर्नुपर्ने र त्यसको नेतृत्व गरेका राजा महाराजाहरुप्रति गर्व गर्न सकिने उनले बताए । अघि भने, ‘आज युग फेरिएको छ, लोकतन्त्रको परिभाषा नयाँ स्तरबाट व्याख्या गरिएको छ । जनताको भूमिका नयाँ ढंगले परिभाषित गरिएको छ । त्यसकारण इतिहासको गर्व गर्दैगर्दा वर्तमानलाई बिर्सिन हुँदैन, भविष्यतिर ध्यान जानुपर्छ ।’

विचारमा मतभिन्नता हुँदाहुँदै अराजकता अन्त्य होस्, राजनीतिक अस्थिरता नहोस् भनेर संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन भूमिका खेलेको भन्दै प्रचण्डले राप्रपाको प्रशंसा समेत गरे ।

मैनालीले के भनेका थिए ?

राप्रपा महाधिवेशनलाई सम्बोधन गर्दै मैनालीले राजा महेन्द्रलाई राष्ट्रवादी नेता भनेका थिए । २००७ देखि भएका सबै राजनीतिक परिर्वतनअवान्छित बाह्य प्रभाव र हस्तक्षेप सहितको डेमोक्रेटिक परिर्वतन भएको भन्दै उनले भनेका थिए, ‘२०११ सालमा राजा बनेका महेन्द्रले दिल्ली सम्झौताबाट आएका अवान्छित हस्तक्षेप अधिकांश खारेज गरिदिनुभयो ।’

विधान सभाको चुनाव गरेर संविधान ल्याउने एजेण्डामा लुकेको मनसायलाई राजा महेन्द्रले मात्र बुझेको र विरोध नगरी तुहाएका कारण नै नेपाल ज्यूँदो रहेको उनको तर्क छ । राजा महेन्द्र राष्ट्रवादी भएको र उनले चालेको २०१७ सालको कदम दक्षिणपन्थी राष्ट्रवादी भएको बताए । माले महासचिव मैनालीले अघि भने, ‘दक्षिणपन्थले निरंकुशतन्त्र ल्यायो, त्यसको पुरा विरोध गरिनुपथ्र्यो, मैले पनि गरेँ । तर समाज सुधारको राष्ट्रवादी कदमको उत्तिकै विरोध गर्नु गलत थियो । कांग्रेसले विरोध गर्नु पन गलत थियो। सीपी मैनालीले विरोध गर्नु पनि गलत थियो ।’

२०४६ को परिर्वतन पनि अवान्छित बाह्य हस्तक्षेपको प्रभाव भएको मैनालीले बताए । उनले अघि भने, ‘पुष्पकमल दाहालले नेतृत्व गरेको २०६२/६३ को परिर्वतन छ, त्यसले पछि अवान्छित बाह्य प्रभाव ल्यायो, ल्यायो ।’

आंकतकारीको विल्ला हटाउँदा माओवादीलाई विदेशी एजेण्डाको भारी बोकाएर पठाएको भन्दै उनले भने, त्यो भारीलाई २०६३ को परिर्वतनपछि न उहाँले एउटा हटाउनु भएको छ, न त्यसपछिको सरकारले हटाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?