+
+

पौडेल समूहबाट बागमती प्रदेश सभापतिमा केसी उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते २१:३२

१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट बागमती प्रदेश सभापतिमा जगदीश्वर नरसिंह केसी उम्मेदवार बन्ने भएका छन् ।

बिहीबारबाट सुरु हुने प्रदेश अधिवेशनका लागि पौडेल समूहले नुवाकोट जिल्लाका पूर्वसभापति केसीलाई सभापतिमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सात वटै प्रदेश कार्यसमितिका लागि उम्मेदवार टुंगो लगाउन पौडेल समूहले बुधबार मात्रै सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरुलाई जिम्मा दिएको थियो ।

बागमती प्रदेश सभापतिका लागि पौडेल समूहबाट केसीसहित काभ्रेका पूर्वसभापति मधु आचार्य, धादिङका पूर्वसभापति रमेश धमला, काठमाडौं जिल्लाका पूर्व सचिव राजुराज जोशीलगायत आकांक्षी थिए । बुधबार साँझ वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगनकुमार थापा लगायतको बैठकले केसीलाई छनोट गरेको हो ।

संस्थापन समूहबाट मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँले उम्मेदवारी घोषणा गरेका छन् भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट नेता भीमसेनदास प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

बागमती प्रदेश अधिवेशनमा मंसिर १७ गते मनोनयन दर्ता र १८ गते मतदान हुने निर्वाचन कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?