+
+

राप्रपा पदाधिकारीमा थापा पक्षको बर्चश्व, कसले कति मत पाए ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १०:३७

१९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ कार्यसमितिको पदाधिकारीमा कमल थापा पक्षले बर्चश्व जमाएको छ । अध्यक्ष पदमा भने थापा राजेन्द्र लिङ्देनसँग पराजित भएका छन् ।

निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी हुँदा कमल थापाले १ हजार ६ सय १७ मत पाएका छन् ।

राप्रपाका चार उपाध्यक्षमध्ये तीन उपाध्यक्ष थापा पक्षका विजयी भएका छन् । यसैगरी तीन महामन्त्रीमा दुई जना थापा पक्षका उम्मेदवार विजयी भए ।

खुला उपाध्यक्षमा पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुव बहादुर प्रधान तथा महिला उपाध्यक्षमा रोशन कार्की विजयी भएका छन् । तामाङ र प्रधान थापा पक्षका हुन् । खुला उपाध्यक्ष पदमा सर्वाधिक मत पाएर विजयी विक्रम पाण्डे भने थापा र लिङ्देन दुवै पक्षबाट स्वीकार्य उम्मेदवार थिए । महिला उपाध्यक्ष कार्की पनि थापा पक्षबाटै चुनाव लडेकी थिइन् ।

खुला महामन्त्रीमा डा. धवल शम्सेर राणा र भुवन कुमार पाठक विजयी भएका छन् । राणा लिङ्देन पक्षका र पाठक थापा पक्षका हुन् ।

महिला महामन्त्रीमा विजयी कुन्ती शाही पनि थापा पक्षकै हुन् । महिला महामन्त्रीमा लिङ्देन पक्षबाट रेखा थापा उम्मेदवार थिइन् ।

राप्रपा को-को विजयी भए ?

राप्रपाको अध्यक्ष पदमा विजयी लिङ्देनले १ हजार ८ सय १७ मत पाउँदा कमल थापाले १ हजार ६ सय १७ मत पाएका छन् ।

खुला उपाध्यक्षमा विक्रम पाण्डे २ हजार ५ सय २१ मतसहित विजयी भएका छन् । बुद्धिमान तामाङले १ हजार ९ सय ४४ र ध्रुवबहादुर प्रधानले १ हजार ८ सय १४ मत पाएका छन् ।

महिला उपाध्यक्षमा रोशन कार्की १ हजार ५ सय ८९ मत सहित विजयी भएकी छन् । महिला उपाध्यक्षका अन्य उम्मेदवार लिलादेवी श्रेष्ठले १ हजार ५४ र दुर्गा श्रेष्ठले ४ सय ५ मत पाए ।

यसैगरी खुलातर्फ दुई जना महामन्त्रीमा डा. धवल शम्सेर राणा र भुवन कुमार पाठक विजयी भएका छन् । महिला महामन्त्रीमा कुन्ती शाही निर्वाचित भइन् । महामन्त्रीमा निर्वाचित पाठक र शाही थापा पक्षका हुन् भने राणा लिङ्देन समूहका हुन् ।

नेपालगञ्ज महानगरपालिकाका मेयरसमेत रहेका राणा राणा २ हजार २ सय २१ मतसहित विजयी भएका छन् । यसैगरी पाठक १ हजार ७ सय ५ मतसहित विजयी भएका छन् ।

खुला महामन्त्रीमा चुनाव लडेका भाष्कर भद्राले १ हजार ५ सय ६७ र श्याम प्रसाद तिमिल्सिनाले १ हजार ६१ मत पाएका छन् ।

महिला महामन्त्रीमा कुन्ती शाही २ हजार ८ मतसहित विजयी हुँदा अर्का प्रत्यासी रेखा थापाले १ हजार ६ सय ४० मत पाइन् ।

कसले कति मत पाए ? हेर्नुस् नतिजा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?