+
+

नक्कली सौन्दर्य सामग्री र स्यानिटाइजर नष्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २१ गते ६:२५

२१ मंसिर, काठमाडौं । वाणिज्य विभागले ६ लाख २९ हजार मूल्य बराबरको नक्कली सौन्दर्य सामग्री र ह्याण्ड स्यानिटाइजर नष्ट गरेको छ ।

काठमाडौंको नागार्जुन नगरपालिका २ सानोभर्‍याङको एक उद्योगमा बरामद सो ती वस्तु सोमबार डोजर लगाएर नष्ट गरिएको विभागले जनाएको छ ।

श्रीनाथ हर्बल्स एण्ड कस्मेटिक नामक उद्योगले विभिन्न ब्राण्डका सौन्दर्य सामग्री र स्यानिटाइजर अवैध रुपमा उत्पादन गरेर बिक्री गरेको पाइएको थियो । गत जेठमा अनुगमन क्रममा निरीक्षण अधिकृत गिरीराज मिश्रको टोलीले उक्त उद्योगमा सिलबन्दी गरेको थियो ।

तीन लाख रुपैयाँ जरिजानासहित सिल गरिएको उक्त उद्योग सञ्चालकले जरिवाना रुकम तिर्न ढिलाई गर्दा सामान नष्ट गर्न रोकिएको विभागले जनाएको छ ।

सोमबार स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र विभागका अधिकृतको रोहबरमा प्रयोग अयोग्य बनाएर ति वस्तुहरु डोजरको सायतामा फोहोरमा पठाइएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?