२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले पार्टीको १४औं महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता परियारले दलिततर्फको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
कांग्रेसले यस पटकदेखि समावेशी समूह अन्तर्गत खस आर्य, महिला, थारु, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रबाट १-१ जना सहमहामन्त्री चुन्ने व्यवस्था गरेको छ ।
केन्द्रीय सदस्य परियारले संस्थापन इतर समूहबाट सहमहामन्त्रीबाट उम्मेदवार बन्न लागेका हुन् । संविधान सभा सदस्य रहेका उनी १२ औ महाधिवेशनबाट निरन्तर केन्द्रीय सदस्य रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4