२४ मंसिर, काठमाडौं । सांसद हृयदेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । त्रिपाठीले आफ्नो नेतृत्वमा जनता प्रगतिशील पार्टी घोषणा गर्ने तयारी गरेका हुन् ।
त्रिपाठीले अनलाइनखबरसँग भने, ‘२८ गते पार्टी घोषणाको कार्यक्रम राखेका छौं । त्यो दिन पार्टीको नाम, झण्डा र राजनीतिक दस्तावेज सार्वजनिक गर्छौं ।’
त्रिपाठी, विजेशकुमार गुप्ता लगायतका तत्कालीन राजपाबाट अलग भएका नेताहरुले २०७४ को चुनावमा स्वतन्त्र राजनीतिक समूह बनाएका थिए । एमालेसँग तालेमल गरेका उनीहरुले सूर्य चुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।
त्रिपाठी केर्पा शर्मा ओली नेतृत्वको सरकारमा केही महिला स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत बनेका थिए । अहिले आफूले बनाउन लागेको पार्टीमा तत्कालीन स्वतन्त्र राजनीतिक समूहमा आवद्ध नेताहरु मात्र नभई अरु पनि रहेको त्रिपाठीले बनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4