२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनस्थल भृकुटीमण्डपमा सांसद जिपछिरिङ लामाले निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरेका छन् ।
महाधिवेशनमा आएका प्रतिनिधिहरुका लागि सेवाको भावले स्वास्थ्य शिविर सन्चालन गरेको उनले बताए ।
शिविरमा डा. राजेन्द्र श्रेष्ठ नेतृत्वको टोली खटाइएको छ । शिविरमा सामान्य ज्वरो आएका, टाउको दुखेकाहरुलाई निःशुल्क औषधिको व्यवस्था गरिएको उनले बताए ।
कांग्रेसले मोहन बस्नेतको संयोजकत्वमा छुट्टै स्वास्थ्य समिति गठन गरेको छ । सो समितिले एम्बुलेन्सलगायतको प्रवन्ध पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4