२४ मंसिर, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का नेता हर्ष वर्द्धनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सुदृढ र स्थिर नेपालको पक्षमा रहेको बताएका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै हर्ष वद्र्धनले भूकम्प र कोरोना महामारीको समयमा भारतले सहयोग गरेको स्मरण गरे ।
नेपाल र भारतका प्रधानमन्त्रीबीच पछिल्लो पटक दुई पटक सम्वाद भएको भन्दै उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको दिलको धड्कनलाई मैले नजिकबाट सुनेको छु । उहाँ सुदृढ, स्थिर र मजुबुत नेपालको पक्षमा हुनुहुन्छ ।’
एउटा पार्टीको महाधिवेशनमा देशका सबै दलका प्रमुख नेताहरुको उपस्थिति आफूले अन्य देशमा नदेखेको उनले बताए । एमालेको महाधिवेशनमा प्रधानमन्त्रीले चार घण्टासम्म बसेको आफूले देखेको भन्दै उनले भने, विश्वका सबैका राजनीतिक दलहरुका लागि यो साचो अर्थमा प्रेरणा लिन लायक उदाहरण हो ।’
प्रतिक्रिया 4