२४ मंसिर, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी मालेका महासचिव सीपी मैनालीले नेपालमा प्रतातन्त्र आएसँगै पटक-पटक व्यवस्थाहरु फेरे पनि नागरिकको अवस्था भने फेर्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसको १४औ महाधिवेशनमा शुभकामना मन्त्वय दिँदै उनदले भने, ‘ हामीले नेपालमा प्रतातन्त्र त ल्यायौं। व्यवस्थाहरु फेर्यौ। तर हामीले नागरिको अवस्था भुल्यौ। उनीहरुको जीवनको अवस्था फेर्न सकेनौं । खाली परिवर्तनको नाममा अवाञ्छित बाह्य प्रभाव र हस्तक्षेपहरु आएँ ।’
उनले नेपालको परिवर्तनसँगै बाह्य अवाञ्छित हस्तक्षेप र प्रभाव यथावत रहेको दावी गरे । ‘मानिसहरुले भनिरहेका छन्। धेरै व्यवस्थाहरु बदलियौ। तर नागरिकको अवस्था बदल्न सकेका छैनौ।’ उनले आफू पनि यसमा सहमत हुँदै प्रश्न गरे, ‘म पनि यसमा सहमत छु, किन होला ? हामीले प्रजातन्त्र ल्याए पनि बाह्य हस्तक्षेप र प्रभाव यथावत छ । यसलाई हामी भुलेका छौं र आफ्नो व्याख्यानहरुमा यसलाई महत्व दिएका छैनौं। ‘
उनले नेपाली कांग्रेसको नारामै राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भए पनि राष्ट्रियता र स्वतन्त्रताप्रति ध्यान किन नगएको प्रति प्रश्न गरे ।
यस्तै उनले दुनियाँ हामीसँग धेरैटाढा भए पनि अहिले नजिक हुँदै आएको र उनीहरुको शीतयुद्धले नेपाललाई प्रत्यक्ष प्रभाव पारिरहेको बताए । उनले भने, ‘ हामीलाई उत्तर र दक्षिण ध्रुवको शीत युद्धको प्रत्यक्ष असर पार्छ/पारिरहेको छ। यसमा असंलग्न, तटस्थ, पञ्चशील अपनाएर बस्नु पर्ने हुन्छ। ‘
उनले नेपालले केही रुपैयाँमा आफ्नो तटस्था गुमाए ठूलो नोक्सानी भोग्नु पर्ने बताए । उनले भने, ‘नेपालले सहयोग लिनुपर्छ तर केही अर्ब रुपैयाँमा बिक्नु हुँदैन। हामीले आफ्नो स्वाभिसमान जोगाउनुपर्छ।’
उनले संसदीय व्यवस्थालाई पटक पटक सुधारेर ल्याए पनि देश भने अध्यादेश ल्याएर चलाउनु परेको बताए । उनले भने, ‘ हामीले पटक पटक संसदीय व्यवस्थाहरु सुधारेर ल्यायौ। २००७, २०४६, ६२/६२। तर हामीले देश भने अध्यादेश ल्याएर चलाउनु परेको छ। संसदले कानुन बनाउँदैन।’
उनले पहिल्यैदेखि भागबण्डा गरेर पार्टीहरुले मुलुकु चलाउँदै आएकाले अहिले पनि भागबण्डामै मुलुक चलिरहेको बताए । उनले न्यायपालिकाको प्रसँग उठाउँदै भने, ‘ हिजैदेखि विभिन्न पार्टीले भागबण्डा गरेर सरकार चलाइरहेको थियो। तर आज न्यायपालिकासँग पनि भागबण्डा गरेर मुलुक चलिरहेको छ।’
प्रतिक्रिया 4