२४ मंसिर, काठमाडौं । संसद विघटन र नेकपा विभाजनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको सम्बन्ध हार्दिकतापूर्ण छैन ।
उनीहरुले संसद विघटनयता मञ्च सेयर गरेका थिएनन् । तर शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा भने उनीहरु एउटै मञ्चमा बसे । तर ओली र माधव नेपालबीचको तिक्तता मञ्चमा पनि देखियो भने ओली र प्रचण्डले आपसमा संवाद र हाँसो ठट्टा गरे ।
प्रचण्डले मन्तव्य राखेर फर्किँदै गर्दा ओलीले ताली बजाए, त्यस क्रममा उनीहरुबीच हाँसो ठट्टा भएको थियो । मञ्चमा बसिसकेपछि पनि उनीहरुले संवाद गरेका थिए ।
हेर्नुहोस् थप तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4