२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
१४ औं महाधिवेशन शुक्रबारदेखि सुरु भएको छ । पछिल्लो तीन केन्द्रीय कार्यसमितिमा सदस्य रहेका उनले दलिततर्फको सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । लामो समय संस्थापन समूहमा रहेका उनी १३ औं महाधिवेशनअघि शेरबहादुर देउवा समूहतर्फ लागे ।
यो समूहबाट उनीसँगै मीनबहादुर विश्वकर्मा पनि दलिततर्फ सहमहामन्त्रीका दावेदार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4