
२७ मंसिर, काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार नेतृत्व चयनका लागि मतदान जारी छ । मतदान चलिरहेका बेला मतदानस्थल बाहिर भने उम्मेदवारहरुले चुनाव प्रचार प्रसार गरेका छन् ।
प्रदर्शनीमार्गमा उम्मेदवारहरुको चुनाव प्रचारका लागि पोस्टर, ब्यानर, पर्चा र भिजिटिङ कार्ड अत्यधिक बाँडिएको छ । कसैले आफ्नो प्यानललाई मत मागेका छन् भने कसैले व्यक्तिगत रुपमा मत मागेका छन् ।
सोमबार दिउँसोसम्म प्रदर्शनी मार्गको सडक प्रचार सामग्रीले ढाकिएको थियो । नेताहरुले प्रचार सामग्रीमा मनग्य खर्च गरेको देखिन्छ । उम्मेदवार तथा उनीहरूका सहयोगीले मत माग्दै प्रचार सामग्री महाधिवेशन प्रतिनिधिहरुलाई बाँडेका थिए । तर ती प्रचार सामग्री महाधिवेशन प्रतिनिधि र कार्यकर्ताले प्रदर्शनी मार्गको सडकमै फाल्ने गरेका छन् ।
प्रतिक्रिया 4