
२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार रातिसम्म मतदान भइरहेको छ ।
राति साढे ८ बजेसम्ममा सभापति पदमा करिब ४ हजार जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।
समग्रमा ३५ सय भन्दा बढीले मतदान गरिसकेको र करिब एक हजार जना मतदान गर्न बाँकी रहेको अनुमान रहेको निर्वाचन समितिको भनाइ छ ।
कांग्रेसको केन्द्रीय समितिका पदाधिकारी र सदस्य चयनका लागि ४७ सय २३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन् । विहान साढे ११ बजे शुरु भएको मतदानमा रातिसम्म पनि प्रतिनिधिहरु लाइनमा छन् ।
मतपत्र सकिएका कारण दिउँसो पटक पटक मतदान स्थगित हुन पुग्दा प्रतिनिधिहरु आक्रोशित भएका थिए । राति भने लाइन केही घटेको छ । मतदानका लागि भृकुटीमण्डपमा दुईवटा र राष्ट्रिय सभागृहमा एउटा मतदान केन्द्र तोकिएको छ ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4