२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत गणना सुरु भएको छ ।
आइतबार भएको मतदानमा जम्मा ४ हजार ६७९ मत खसेको छ । महाधिवेशनमा कुल ४ हजार ७४३ प्रतिनिधि थिए, जसमध्ये ६४ जनाले मतदान नगरेको मुख्य सचिव कृष्ण पौडेलले बताए ।
यसमध्ये सभापतिका लागि खसेको मतको मात्र गणना सभागृहमा भइरहेको छ । तीन ठाउँमा गणना भइरहेको र तीन घण्टामा गणना सकिने अनुमान रहेको निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।
कांग्रेसको सभापतिका लागि शेरबहादुर देउवासँगै शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4