+
+

मतगणना अपडेट : देउवालाई पछ्याउँदै शेखर

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते ५:३३

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनाले शेरबहादुर देउवाले सुरुवाति अग्रता लिएका छन् । तर उनलाई अर्का उम्मेदवार शेखर कोइरालाले पछ्याइरहेका छन् ।

राष्टिय सभागहृमा प्रदेश २ बाट मतगणना सुरु भएको थियो । हालसम्म ६०० मतको गणाना भएको छ, जसमा देउवाले २८८ मत पाएका छन ्भने डा. शेखर कोइरालाले २१२ मत पाएका छन् । यस्तै प्रकाशमान सिंहले ४२, विमलेन्द्र निधिले ३९ र कल्याण गुरुङले ४ एक मत पाएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?