२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई भेट्न ठमेलको चाक्सीबारी पुगेका छन् । सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएपछि छलफलका लागि देउवा सिंह निवास चाक्सीबारी पुगेका हुन् ।
यसअघि प्रकाशमानसँग शेखर कोइरालाले भेटेका थिए । त्यसअघि देउवा निकट बालकृष्ण खाँण र वीरबहादुर बलायरले पनि प्रकाशमानसँग भेटेका थिए ।
दोस्रो चरणको निर्वाचनमा देउवा र शेखर कोइरालाबीच सभापति पदमा प्रतिस्पर्धा हुने छ । त्यसैले तेस्रो स्थानमा रहेका प्रकाशमानलाई आफ्नो पक्षतिर तान्न देउवा र कोइराला प्रयासरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4