२८ मंसिर, काठमाडौं । सदनमा प्रस्तुत हुने रणनीति तय गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
एमाले सचेतक शान्ता चौधरीका अनुसार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेरमा बैठक बस्नेछ । उनका अनुसार बैठकमा संसदमा प्रस्तुत हुने राणनीतिका सम्बन्धमा छलफल हुनेछ ।
एमालेले अघिल्लो अधिवेशनको पूरै अवधि संसदको कामकारबाहीमा भाग लिएको थिएन । पार्टीले माधव नेपाल सहित १४ जना सांसदलाई गरेको कारबाहीको सूचना सभामुखले टास्नुपर्ने उसको माग छ ।
अहिले पनि यो माग पूरा नभएको बताउँछिन् सचेतक चौधरी । माग पूरा नभएका कारण कसरी अगाडि बढ्ने भन्ने विषयमा संसदीय दलको बैठकमा छलफल हुने उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4