२८ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका गोपी अछामीले राष्ट्रिय सभा दलको प्रमुख सचेतकको जिम्मेवारी पाएका छन् ।
यसैगरी सचेतकमा गंगा बेल्बासे र सचिवमा रामनारायण बिडारी चयन भएका छन् ।
आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले राष्ट्रिय सभाको प्रमुख सचेतक, सचेतक र सचिवको जिम्मेवारी तोकेको हो ।
बैठकले २१ सदस्यीय संसदीय बोर्ड गठन गर्नुका साथै संसदको गतिरोध हटाउन पहल गर्ने निर्णयसमेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4