२८ मंसिर, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना संघीय संसद सेवा दिवसको मूल समारोहमा अनुपस्थित भएका छन् ।
१५ औं संघीय संसद सेवा दिवसको अवसरमा सिंहदरबारमा मंगलबार बिहान एक कार्यक्रम आयोजना गरिएको थियो । संसद सचिवालय सिंहदरबार परिसर (कृषि समितिको हल)मा आयोजित मूल समारोहको कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना भने उपस्थित रहेनन् ।
मूल समारोहको प्रमुख अतिथि सभामुख अग्नि प्रसाद सापकोटा थिए । सभामुख प्रमुख अतिथि भएको कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नजानुलाई अर्थपूर्ण मानिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने बताए । कार्यक्रममा चार जना कर्मचारीहरुलाई सम्मानसमेत गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4