२८ मंसिर, काठमाडौं । तेस्रो घण्टामा शेयर बजार ६ प्रतिशतले बढेपछि मंगलबारका लागि निर्धारित समयभन्दा अगाडि नै कारोबार बन्द भएको छ ।
यसअघि पहिलो दुई घण्टा (१ बजेभित्र) ५ प्रतिशतले बजार बढेपछि ४० मिनेटका लागि बजार बन्द भएको थियो । त्यसपछि खुलेको बजार पुनः बढ्यो र त्यसले ६ प्रतिशतको बिन्दु छोयो । जसका कारण मंगलबार निर्धारित ३ बज्नुभन्दा सवा १ घण्टा अगाडि नै कारोबार बन्द भएको हो ।
यसअघि आइतबार र सोमबार बजारमा ठूलो पहिरो गएको थियो । मंगलबार बजार बन्द हुनु अगाडि १३७.१८ अंकले बढेर २४१८.८४ बिन्दुमा पुगेको छ । यो वृद्धि ६.०१ प्रतिशत हो । सोमबार सबै परिसूचकमा हरियाली छायो । कारोबार बन्द हुनु अगाडि १ अर्ब ८४ करोड २६ लाख ४७ हजार १ सय ४४ रुपैयाँको कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4