+
+

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १२:२०

२९ मंसीर, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनीत सदस्यहरुले आज शपथ ग्रहण गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरुलाई केहीबेरअघि तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहण गराएका हुन् ।

एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीको कुल संख्या ३०१ अन्तर्गत १० प्रतिशत सदस्य मनोनीत गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?