+
+

मूल्यवृद्धि ५ प्रतिशत नाघ्यो, पहाडमा सबैभन्दा बढी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १७:३३

२९ मंसिर, काठमाडौं । कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि दर ५ प्रतिशत नाघेको छ । कात्तिकमा मूल्यवृद्धिदर ५.३२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनााएको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि दर ४.०५ प्रतिशत रहेको थियो । गत असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ४.२४ प्रतिशत थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७३ प्रतिशत छ ।

२०७७ कात्तिकको तुलनामा २०७८ कात्तिकमा घ्यू तथा तेलमा २९.११ प्रतिशत, यातायातमा १२.३६ प्रतिशत, माछा तथा मासुमा १०.९१ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थमा १०.७० प्रतिशत, सुर्तीजन्य वस्तुमा १०.३० प्रतिशत र दाल तथा गेडागुडी उपसमूहमा १०.२४ प्रतिशत मूल्यवृद्धि भएको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.१४ प्रतिशत, तराईमा ३.९५ प्रतिशत, पहाडमा ७.१४ प्रतिशत र हिमालमा ५.०० प्रतिशत मूल्यवृद्धि भएको छ । २०७७ कात्तिकमा यी क्षेत्रहरुमा उपत्यकामा ३.३९ प्रतिशत, तराईमा ४.६९ प्रतिशत, पहाडमा ३.६४ प्रतिशत र हिमालमा ४.३२ प्रतिशत मूल्यवृद्धि भएको थियो ।

सन् २०२१ नोभेम्बरमा भारतमा ४.९१ प्रतिशत छ । २०७८ कात्तिकमा वार्षिक बिन्दुगत थोक मूल्यवृद्धि ६.६८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ९.४१ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.४३ प्रतिशत, ६.१५ प्रतिशत र ७.२६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २०.१० प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?