१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा उपसभापति पदको मतगणना भएकै स्थानमा महामन्त्री पदको मतगणना सुरु भएको हो ।
सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट डा. मिनेन्द्र रिजाल र गगन थापा तथा प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की महामन्त्रीका उम्मेदवार छन् । निर्वाचनबाट दुई जना महामन्त्री चुनिने छन् ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनबाट सभापति पदमा शेरबहादुर देउवा र उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4