+
+

बुटवलमा ‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १६:२२

बुटवल । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले बुटवलमा युवालाई लक्षित गरी १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्सको नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ ।

सप्तरंग ३ का गायक रामकृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पंगेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार राजाराजेन्द्र पोखरेल लगायतको उपस्थितिमा एक्स्क्लयूजिव शोरुमबाट टीभीएस रेडर मोटरसाइकल सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

युवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आइटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट–इन–क्लास फिचर्सका साथै फस्र्ट–इन–सेग्मेन्ट अन्डर सिट स्टोरेजपनि उपलब्ध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?