+

क्रिकेट खेलाडीलाई गरिएको कारबाहीमा प्रचण्ड असन्तुष्ट, प्रधानमन्त्रीको गराए ध्यानाकर्षण

२०७८ पुष  २ गते १२:३६ २०७८ पुष २ गते १२:३६
क्रिकेट खेलाडीलाई गरिएको कारबाहीमा प्रचण्ड असन्तुष्ट, प्रधानमन्त्रीको गराए ध्यानाकर्षण

२ पुस, काठमाडौं। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीबारे प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार बिहान प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर प्रचण्डले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीबारे ध्यानाकर्षण गराएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

‘प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष प्रचण्डले क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भयो भन्दै ध्यानाकर्षण गराउनु भयो,’ मल्लले अनलाइनखबरसँग भने । प्रचण्डको सचिवालयका अनुसार जवाफमा प्रधानमन्त्री देउवाले यो कारबाहीबारे आफूले बुझ्ने बताएका थिए ।

गत मंसिर २९ गते नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको थियो ।

मल्लका अनुसार माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई कांग्रेस सभापतिमा निर्वाचित भएकोमा बधाईसमेत दिएका थिए।

भेटको अवसरमा सदन सुचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा सर्वदलीय बैठक बोलाउने विषयमा पनि छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

 

क्रिकेट खेलाडी पुष्पकमल दाहाल प्रचण्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय