+
+

सुनको भाउ एकैदिन एक हजार रुपैयाँले बढ्यो

शक्रबार सुनको भाउ एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ तोकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते १२:४३

२ पुस, काठमाडौं । शक्रबार सुनको भाउ एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ तोकेको छ ।

जुन अघिल्लो दिनको तुलानामा एक हजार रुपैयाँले बढी हो । महासंघका आजका लागि तेजावी सुनको मूल्य प्रतितोला ९३  हजार ५०० रुपैयाँमा तोकेको छ ।

बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । पुस लागेयताको दुई दिनमा मात्रै सुनको भाउ तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो ।

शुक्रबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २५० रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन पनि चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?